थारु महिला सामुहिक खेतीमा


1C

तुलसीपुर, मङ्सिर १६ गते। जिल्लाको त्रिपुर नगरपालिका–१ नारायणपुरका थारु महिला सामूहिक तरकारी खेतीमा जुटेका छन् ।

मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि उनीहरु समूहमा आबद्ध भएर व्यावसायिक तरकारी खेतीमा जुटेका हुन् । नारायणपुर गाउँका थारु महिलाले २०, २० जनाको दुई समूहमा बाँडिएर तरकारीका लागि जग्गा छनोट गरेर काम थालेका छन् ।

सामूहिक व्यवसायबाट भएको आम्दानीले आफ्ना आवश्यकता पुरा गर्ने योजना उनीहरुले बनाएका छन् । “ आम्दानीलाई तरकारी खेती विस्तारमा लगाउने योजना रहेको छ” समूहकी अध्यक्ष अनु चौधरीले भन्नुभयो । कृषि पेशामा आश्रीत दलित, जनजाति वर्गलाई लक्षित गरेर तीन वर्षदेखि युएसएआइडीले खेतीसम्बन्धी तालिम र प्रशिक्षण दिँदै आएको छ ।

1A

“किसानलाई तालिम, प्रशिक्षणका साथै बीउ, सिँचाई सामग्री र किटनाशक औषधीसमेत उपलब्ध गराउँदै आएका छौँ” युएसएआइडी किसान परियोजनाका प्राविधिक रमेश चौधरीले बताउनुभयो । मौसमी तरकारी खेती अन्तर्गत किसानले बन्दागोभी, गोलभेँडा, आलु, मुलालगायतका तरकारी बिक्री गरिरहेका छन् ।
त्यसैगरी बेमौसमी तरकारी खेतीका लागि करेला, लौका, काँक्रा, बोडी आदिका बेर्ना राख्न थालेका महिलाले आफ्नो साँझ, बिहानको समय सामूहिक खेतीका लागि छुट्याउँदै आएका छन् । रासस

1B

तपाईको प्रतिक्रिया