बुद्धिमानले करेन्ट लागेर दुबै हात र एक खुट्टा गुमाए, परिवारको विचल्ली


भगतराम थारु
नेपालगन्ज, माघ ९ गते । बाँकेको बैजनाथ गाउँपालिका ८ कर्लिमाक्रा बुद्धिमान कुवंर भारतको सिमलाबाट दुई हात र एक खुट्टा गुमाएर फर्केका छन् । उनले बोकेको सरिया विद्युतको तारमा छोएपछि बुद्धिमानलाई करेन्ट लागेको थियो ।

गरिवीका कारण सधै भारतमा कमाउन जाने बुद्धिमानको घरपरिवार पनि भारतकै कमाईले धान्दै आएको थियो । सानो परिवार भएपनि बुद्धिमानकै कमाईमा घरपरिवार चल्दै आएको थियो । कलिलो उमेरका बुद्धिमान पढ्न पाएनन् । भारतको सिमलामा लेवरी काम गर्दै आएका बुद्धिमान करिव ११ बजेतिर सरिया बोकेर ३ तलामाथि जादै थिए ।

हरेक दिन त्यसैगरि बोक्दै आएका बुद्धिमान एक दिन उनले करेन्ट लागेपछि बुद्धिमान ढले र बेहोस भए । ३÷४ दिन होस नै आएन भारत जस्तो ठाउँमा सहयोेग गर्ने कोही पाएनन बुद्धिमान अकस्मात अस्पतालमा भर्ना भएको थाहा पाए ।

भनिन्छ भविष्य कसैले देखेको हुँदैन । यस्तै भयो बुद्धिमानलाई । घरमा थोरै पैसा हुने वित्तिकै पठाउने बुद्धिमान अहिले उनको उपचारकै समस्या परेको छ । घरमा भएको ८ कठ्ठा ऐलानी जमिन पनि उपचारमा खर्च भयो । उपचारकै लागि ६० हजार रुपैयामै जग्गा विक्री गरे ।

डाक्टरले मेरो शरीरको हात खुट्टा दुवै चिरेर हेरेपछि काम नलाग्ने र फाल्न पर्ने सल्लाह दिएपछि डाक्टर कै सल्लाह बमोजिम दुवै हात र एउटा खुट्टा काटेको उनले बताए । २०७४ चैत्र मसान्ततिर घटना भएको थियो । आफ्नो ज्यान त कसरी पाल्ने हो ऋण थुपरिएको छ । मेरो चिन्ताभन्दा पनि परिवारको चिन्ता धेरै रहेको उनले दुःख व्यक्त गरे ।

बुद्धिमानका बुवा भारतमै कमाउनुहुन्छ, । आमा, श्रीमति, छोरा र बहिनी घरमै बस्छन् । यस्तो अवस्थामा छु कि दिशा पिसाव गर्न समेत बोकेर लग्नु पर्ने भएको हुनाले घरपरिवारलाई सम्झन्छु र मर्न मन लाग्छ उनले भने । छोराले पाल्ने समयमा आमाले पाल्नुपर्ने स्थिति आएको छ ।

बुद्धिमानका लागि अहिलेसम्म काठमाण्डौंको टिमले २६ हजार १ सय ५० रुपैया र बैजनाथ गाउँपालिकाबाट १० हजार सहयोग गरेको बुद्धिमानका आमा विमु कुवंरले भनिन् । बुद्धिमान २३ बर्षका छन् उनको श्रीमति र ४ बर्षिय एक छोरा छ । सहयोगकालागि उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया