जन्मकैद फैसलामा पुनरविचार नगरिए बाँकेका थारुले आन्दोलन गर्ने


भगतराम थारु
नेपालगञ्ज, चैत २ गते । रेशम चौधरी लगायत ११ जनाको जन्मकैदमा पुनरविचार नगरिए कडा आन्दोलनमा उत्रिने थारु कल्याणकारिणीसभा (थाकस) बाँकेले चेतावनी दिएको छ ।

जिल्ला कार्य समिति बा“केको आयोजनामा शनिवार कोहलपुरमा आयोजित बृहत भेलाले सो चेतावनी दिएको हो । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुको संयोजत्वमा भएको बृहत छलफलमा हरेक वडाको टोल टोलमा मोर्चा गठन गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

टिकापुर घटनाको दोषि करार गरी रेशम चौधरी लगायत ११ जनालाई अदालतले गरेको फैसलाको विरुद्धमा थाकस बाँकेले आन्दोलन गर्ने बताएको हो । टिकापुर घटनाको प्रतिवेदन पुर्व न्यायाधीश गीरिशचन्द्र लालको संयोजत्वमा तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग पनि थाकसले गरेको छ ।

थरुहट थरुवान आन्दोलनमा थारुहरुले आफ्नै घरभित्र आफ्नो अधिकार र पहिचान आफ्नो घरलाई सम्पन्न बनाउन खोज्दा सरकारले गलत नजरियाले हेरेर थारुमाथि शोषक र दमन मानसिकता देखाएको बाँकेका थारु अगुवाहरुको आरोप छ ।

चैत १६ गते ठाकुरबाबा नगरपालिका बर्दिया ठाकुरद्वारामा नेपाल भरिकै थारु अगुवा, राजनीतिक दल नेता कार्यकर्ता, बुद्धिजिवी, थारु युवा लगायत २६ जिल्लाका थारु कल्याणकारीणी सभाका पदाधिकारीहरुको राष्ट्रिय भेला गर्ने निर्णय पनि भेलाले गरेको छ ।

यस्तै चैत्र १७ गतेदेखि रेशम चौधरी सहित ११ जनालाई राज्यले जन्मकैद फिर्ता नलिए कडा आन्लोलनमा उत्रिने अध्यक्ष विनोद थारुले बताउनुभयो । आन्दोलनमा क्षति भएमा त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने थाकसले भनेको छ ।

भेलामा थरुहट थरुवान संघर्ष समितिका संयोजक फुलाराम थारु, थारु बडघर भेर्रा थारु, अधिवक्ता राधेश्याम थारु, केवलप्रसाद थारु, थाकसका जिल्ला सल्लाहकार चन्तराम थारु, सन्तकुमार थारु, थारु अगुवा कमलप्रसाद थारु, आदिवासी जनजाति महासंघका क्षेत्रिय सभापति सन्तोष थारु, केन्द्रिय परिषदका ललिता चौधरी, जनप्रतिनिधिहरु सुनिता चौधरी लगायत २ सय बढि थारु अगुवा युवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया