पाँच अयोगका अध्यक्षहरुले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, चैत ७ गते । प्रस्तवित पाँचजना आयोगका अध्यक्षहरुले विहिबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोगका अध्यक्षहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवराबाट शपथ लिएका हुन् ।

संवैधानिक परिषदको सिफारिसमा अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल (राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग), डा. शान्तराज सुवेदी (राष्ट्रिय समावेशी आयोग), डा. विजयकुमार दत्त (मधेसी अयोग), श्री विष्णुप्रसाद चौधरी (थारु अयाोग) र श्री असिम मियँ अन्सारी (मुस्लिम आयोग) ले शपथ लिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्दबहादुर पुनको समुपस्थितिमा आयोगका अध्यक्षहरुले शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया