पीडित तिलक चौधरीलाई एक लाख बढी आर्थिक सहयोग


सन्तोष दहित
दाङ, वैशाख ७ गते । दंगिशरण गाँउपालिका ३, रावतगाउँ निवासी तीलक चौधरीको उपचारको लागि विभिन्न निकायले १ लाख १७ हजार ९ सय ४६ रुपैया सहयोग गरेको छ ।

लामो सयमदेखि स्पाइनल इन्जुरी भइ प्यारालाइसिसबाट पीडित रहेका चौधरीको घरमा शुक्रबार विहान एक कार्यक्रम आयोजना गरेर उक्त रकम सहयोग गरिएको हो । तीलक चौधरी बचाउन अभियानकी संयोजक कल्पना शर्मा, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, दंगीशरण ३ का वडा अध्यक्ष पुर्णवहादुर चौधरी, तीलक चौधरी बचाउ अभियानका सदस्य शंकर शर्मा, दुर्गा चौधरी लगायतले संयुक्त रुपमा उक्त रकम पीडित चौधरीलाई हस्तान्तरण गरेका थिए ।

तीलक चौधरी बचाउ अभियानकी संयोजक कल्पना शर्माको अध्यक्षतामा तथा दंगिशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोथियो । रकम हस्ताणतरण गर्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले प्यारालाइसिस पीडित चौधरीको उपचारको लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोथियो ।

राज्यबाट हुने सेवा सुविधामा कुनै कन्जुस्याई नहुने भन्दै उहाँको उपचारका लागि सवैलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिन पनि अनुरोध गुर्नभएको थियो । कार्यक्राममा वडा अध्यक्ष पुर्णबहादुर चौधरी, स्थानिय श्रीमण न्यौपाने लगायतले बोल्नुभएको थियो ।

यसैविच आफ्नो उपचारको लागि रातदिन खट्नुहुने टिम र सहयोगि दाताहरुलाई पीडित तीलक चौधरीले सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

करिब ८ बर्षदेखि सो रोगबाट पीडित रहेका चौधरी उपचारको लागि आर्थिक अभाव भएपछि उनका साथीहरुले तीलक चौधरी बचाउ अभियान चलाएका थिए । उनिसँगै श्री सिद्ध पृथ्वी जनता माविमा एस.एल.सी दिएका २०४८ व्याजका शंकर शर्मा, दुर्गा चौधरी, कल्पना शर्मा लगायतको टिमले चौधरीको उपचारको लागि आर्थिक संकलन गरिरहेकाछन् ।

तीलक चौधरी बचाउ अभियानका सदस्य शंकर शर्माका अनुसार लुम्विनी समाज नेपाल–कुवेतबाट ५१ हजार, दंगिशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी हाल अमेरिकामा बस्दै आइरहुनभएका डिल्लीबहादुर रावतले २५ हजार १ सय २६, दंगीशरण ३ हेकुलीका मनोज चौधरीले ५ हजार, सोहि ठाउँकै तेजबहादुर वुढाथोकी ५ हजार सहयोग गरेकाछन् ।

त्यसैगरि दंगीशरण ५, मिरौलीका अर्जुन भण्डारीले २ हजार र तीलक चौधरीसंगै अध्ययन गरेका विभिन्न साथीहरुबाट २९ हजार ८ सय विस रुपैया सहयोग प्राप्त भएको अभियनका सदस्य शर्माले जानकारी दिनुभयो ।

शर्माको अनुसार चौधरीको उपचारको लागि करिब १५ लाख भारतीय रुपियाँ लाग्ने बताइएको छ । पाँच बर्ष अगाडि लखनउको एक अस्पतालमा उपचार गर्न गएको बेला १२ लाख आइसी मागे पछि उपचार नगराई चौधरी घर फर्केका थिए ।

तपाईको प्रतिक्रिया