समाचारदाता अविनाश चौधरी काठमाडौंमा सम्मानित


काठमाडौं, वैशाख २३ गते । गोरखापत्र दैनिकका धनगढी समाचारदाता अविनाश चौधरी उत्कृष्ट समाचारदाताको रुपमा एक कार्यक्रमकाबीच सम्मानित भएका छन् ।

गोरखापत्र संस्थानको ५७ औं वार्षिकोत्सव, गोरखापत्र दैनिकको ११९ औं वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सोमबार संस्थान प्राङ्गणमा आयोजित कार्यक्रममा समाचारदाता चौधरी सम्मानित भएका हुन् ।

कैलालीको धनगढीबाट लक्की चौधरीको सम्पादन तथा प्रकाशनमा सञ्चालित हमार पहुरा अर्धसाप्ताहिक, दैनिकबाट समाचारदाता चौधरीले पत्रकारिता शुरुगरेका थिए । अहिले गोरखापत्रको धनगढी समाचारदाताका साथै पश्चिम टुडे स्थानीय दैनिक पत्रिकामा पनि चौधरी आवद्ध छन् ।

चौधरीलाई संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले नगद १० हजार रुपियाँसहित सम्मानपत्रले सम्मानित गर्नुभयो । चौधरीलाई संस्थानका विज्ञ सल्लाहकार टीकाराम राई, सम्पादक सल्लाहकार गोपाल खनालले टीका तथा माला लगाएर सम्मान प्रकट गर्नुभयो । चौधरीसँगै अन्य आठ जना समाचारदाता पनि सो अवसरमा सम्मानित भएका थिए ।

तपाईको प्रतिक्रिया