थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला चितवनमा


काठमाडौं, जेठ २० गते । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय अध्यक्षको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिको राष्ट्रिय भेला असार ७ र ८ गते चित्तवनमा हुने तयारी गरिएको छ । थारुको राजनीतिक बाटो तथा अन्य समसामयिक विषयमा केन्द्रीत भएर भेलामा छलफल हुने बताइएको छ ।

थरुहट थारुवानका विषयमा राजनीतिक डिस्कोर्स करिब शिथिल भएकाबेला थारुको छाता संगठन थाकसले सो भेलाबाट थारुको आगामी बाटो तय गर्ने विषयमा छलफल हुने थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । भेलामा थाकसका सबै जिल्लाका पदाधिकारी तथा प्रतिनिधि, थारु राजनीतिकज्ञ, सांसद, पूर्व सांसद, थारु अगुवा, बुद्धिजिवी, युवा विद्यार्थी तथा पत्रकार समेतलाई भेलामा सहभागी गराउने तयारी भइरहेको महामन्त्री चौधरीले बताउनुभयो ।

थरुहट थारुवान राष्ट्रिय सम्मेलन आगामी भदौ ७ गतेका लागि टीकापुरमा तय भएको विषयमा थाकसले औपचारिक धारणा तय गर्ने बताएको छ ।

यता थरुहट थारुवान राष्ट्रिय सम्मेलन आगामी भदौ ७ गतेका लागि टीकापुरमा तय भएको विषयमा थाकसले औपचारिक धारणा तय गर्ने बताएको छ । लक्ष्मण थारुको अगुवाईमा काठमाडौंमा भएको छलफलले मिनराज चौधरीको नेतृत्वमा तयारी समिति गठन गरेर कामको शुरुवात गरेको छ । चौधरी थाकसका सहमहामन्त्रीको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

तर त्यसमा थाकससँग कुनै परामर्श र छलफल नगरी कार्यक्रम घोषणा गरिएकाले तत्काल थाकसको त्यसमा सहभागिता नरहने महामन्त्री चौधरीले बताउनुभयो । सो विषयमा थाकसको केन्द्रीय बैठकले आधिकारिक धारणा तय गर्ने उहाँको भनाई छ । चित्तवनमा हुने भेलाले नै थारुको आगामी बाटो तय गर्ने महामन्त्री चौधरीले बताउनुभयो ।

प्रदेश २ मा पनि भेला
प्रदेश २ सरकारले थारुको आरक्षणको विषयमा केही व्यवस्था गरेको भएपनि थारु समुदायसँग परामर्श नै नगरी आरक्षणको व्यवस्था गरेको तर चित्तबुझ्दो नभएकाले प्रदेश २ मा पर्ने थाकसका जिल्लाहरुको संयुक्त भेला जेठ २५ गते जनकपुरमा बोलाएको छ । महामन्त्री चौधरीकाअनुसार भेलाले आवश्यक छलफल र निर्णय गरी प्रदेश २ का मुख्यमन्त्रीलाई मागसहितको ज्ञापनपत्र बुझाउने छ ।

तपाईको प्रतिक्रिया