काठमाडौं, जेठ २३ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय कमिटीले संगठनको कामकाजलाई अनुशासित र चुस्त बनाउन तीन सदस्यीय अनुशासन तथा जाँचबुझ समिति गठन गरेको छ । थाकसको हालै बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
समितिको संयोजकमा मानबहादुर चौधरी रहनुभएको छ । त्यस्तै सदस्यमा नेमनारायण सिंह (बाँके) र अधिवक्ता रामराज चौधरी (सुनसरी) रहनुभएको महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । समितिलाई आवश्यक काम कर्तव्य र अधिकार दिएर सक्रिय बनाइने उहाँले बताउनुभयो ।