भगतराम थारु
नेपालगन्ज, जेठ ३१ गते । कलाकारिता मै लागेर थारु कलाकार विवश चौधरी यतिवेला हरेकको मनमा बस्न सफल हुनुभएको छ । कलाकारिताले नै उहाँलाई हरेक बस्तिमा गुञ्जिने गितमा उहाँकै नाम अग्रपंक्तिमा र चर्चामा आउने गर्दछ । हरेक बस्ती टोलमा हुने विवाह, पार्टी, जन्मोत्सव, महोत्सव तथा विभिन्नखाले सांस्कृतिक कार्यक्रममा पनि विवशले खेलेको म्युजिक भिडियोको गित गुञ्जिने गर्दछ ।
उहा“ले खेलेका गित संगितको चर्चाले नै विवशलाई दर्शकहरुले फरक फरक नामले चिन्ने गर्दछन् । विवश नाम भएपनि जुन बढि गित चलेको छ र कुनै ठाउ एक्कासी जा“दा फरक नामले बोलाउदा आफुलाई गर्व महसुस हुनेगरेको विवशले भन्नुहुन्छ ।
हुन त मेरो नामै काफी छ तर पछिल्लो समयमा विवशलाई दर्शकहरुले धेरै नै मन पराउन थालेपछि उहाँलाई बन्दादा, हाईमोर दार्लु, चवन्वा, सुरसुरिया गोला जस्ता नामले बेलाबखतमा बोलाउने गरेको उहाँ भन्नुहुन्छ । पछिल्लो समयमा मोडल विवश चौधरीको एक पछि अर्को थारु म्युजिक भिडियो धमाधम बजारमा सार्वजनिक हु“दै आएको छ ।
हुन त मेरो नामै काफी छ तर पछिल्लो समयमा विवशलाई दर्शकहरुले धेरै नै मन पराउन थालेपछि उहाँलाई बन्दादा, हाईमोर दार्लु, चवन्वा, सुरसुरिया गोला जस्ता नामले बेलाबखतमा बोलाउने गरेको उहाँ भन्नुहुन्छ ।
थारु जगतकै सवैभन्दा बढि थारु म्युजिक भिडियोको मुख्य भुमिका ९मोडल० को रुपमा परिचित विवश गित संगितबाटै आफ्नो पहिचान बनाउन सफल भएको दावी गर्नुहुन्छ । एक दिन बा“केको पेडारी स्थित एक घरमा विवश दारु खादै गर्दा विवशलाई झट्का लाग्यो र अकस्मात उहाँलाई एक जना लेहगा फरियामा सजिएका युवतिले उद्धर गरे ।
नसामा रहेका विवश ती उद्धार गर्ने युवतिलाई चिनेनन् र भने साली हो दारु पियाटम आओ साली बैठो हाली कोनम झमाझम भन्ने वित्तिकै ति उद्धार गर्ने युवति अचम्ममा परे र विवशलाई जिस्काउदै भने भातु हो दारु पियाटम दारु पियाटम नानो भाटु बैथो कोनम झमाझम । यस्तै यस्तै बोलको गित रहेको साली भातु नामक थारु म्युजिक भिडियोको सुटिङ समापन भएको छ । बा“केको पेडारी गाउ“मा भएको सुटिङ केही दिनमा आउने सालीभातुका प्रोड्युसर सुशिल दहितले बताउनुभयो ।
गितले लगानी गरे अनुसारको प्रतिफल पाउने आश रहेको प्रोड्युसर दहितले भन्नुभयो । सालीभातुको लय शव्दले नै थारु बस्तीमा गुञ्जिने दहितले भन्नुभयो । साली भातुको सुटिङ हेरेर स्थानियहरुले पनि भरपुर मनोरञ्जन लिए । सुटिङ गर्न दर्शकको घुइचोले समस्या पारेको मोडल विवशले भन्नुभयो । एकदम थारु सांस्कृति झल्कने सालीभातु बोलको गितले बजारमा तहल्का मच्चाउने दावी उहा“ले गर्नुभयो । गितमा कलाकार विवश चौधरी र श्रीदेवी चौधरीले मोडलिङग गर्नुभएको छ भने गितको शव्द संगित सुशिल दहितले गर्नुभएको छ ।
साली भातु गितको छायांकन रामु चौधरीले गर्नुभएको छ भने सुरज कुस्मीले निर्देशन गर्नुभएको छ । मोडल विवशले थारु सांस्कृति झल्कने ६÷७ वटा गित, नेपाली आधुनिक, थारु, भोजपुरी र नेपाली लोकदोहरी गरि सय बढि गितमा मोडेलको रुपमा भुमिका खेलिसक्नु भएको छ ।
विवशकै भुमिका रहेको थारु म्युजिक भिडियो केही दिनमै ३ वटा सार्वजनिक हुने तयारीमा रहेको उहा“ले जानकारी गराउनुभयो । बैठल बैठल चुतर पिराई गिल बोलको गितमा बसन्ती चौधरी र दोधरन चौधरीले स्वर दिनुभएको छ यस्तै ढुकढुक तु मोर ज्यान हो भन्ने बोलको गित पनि लगत्तै आउने मोडल विवशले बताउनुभयो ।