
काठमाडौं, असार ६ गते । थारु कल्याणकारिणीसभा (थाकस) तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिको असार ७ र ८ गते तय भएको संयुक्त राष्ट्रिय भेला असार २१ र २२ गतेकालागि सरेको सभाले जानकारी गराएको छ । राजनीतिक उतारचढाव तथा अन्य कारणले भेला सार्ने निर्णय भएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।
भेलामा थाकसका सबै जिल्लाका प्रतिनिधि, थारु सांसदहरु, बुद्धिजिवी सबैलाई आमन्त्रण गरिएको महामन्त्री चौधरीले बताउनुभयो । भेला चितवनको सौराहमा हुने थाकसले जनाएको छ । भेलामा सरकारसँग विगतमा भएका विभिन्न सहमति सम्झौता र त्यसको कार्यान्वयनको अवस्था, निजामति कर्मचारी विधेयकमा गरिएको थारु प्रतिशतको व्यवस्था, गुठी विधेयकमा भएको व्यवस्था तथा थारुको भावी राजनीतिक विषय लगायतका विषयमा गम्भीर छलफल गरी निर्णयमा पुगिने तयारी भएको महामन्त्री चौधरीले बताउनुभयो ।
थारु आन्दोलनताका गठन भएको थरुहट थारुवान संयुक्त संघर्ष समिति अस्तित्वमा नरहेको कतिपयले प्रतिक्रिया दिने गरेपनि थाकसले सो समिति अझै अस्तित्वमा रहेको र राष्ट्रिय भेला समिति र सभाको संयुक्त आयोजनामा हुन गइरहेको महामन्त्री चौधरीले बताउनुभयो ।
थारु आन्दोलनताका गठन भएको थरुहट थारुवान संयुक्त संघर्ष समिति अस्तित्वमा नरहेको कतिपयले प्रतिक्रिया दिने गरेपनि थाकसले सो समिति अझै अस्तित्वमा रहेको र राष्ट्रिय भेला समिति र सभाको संयुक्त आयोजनामा हुन गइरहेको महामन्त्री चौधरीले बताउनुभयो ।
यता थरुहट थारुवान राष्ट्रिय सम्मेलन आगामी भदौ ७ गते कैलालीको टीकापुरमा गर्ने तयारी भइरहेको पनि जानकारीमा आएको छ । लक्ष्मण थारु नेतृत्वको सो समूहले थाकसका सहमहामन्त्री मिनराज थारुको संयोजकत्वमा समिति गठन गरेर तयारी थालेको छ । दुवै पक्षको लक्ष्य एउटै देखिए पनि फरक फरक कार्यक्रमले थारुमा विग्रह पैदा गरेको सन्देश जाने भन्दै कतिपय थारु अगुवाले चिन्ता व्यक्त गर्ने गरेका छन् । दुवै पक्षले समयमै समन्वय र सहकार्य गरेर कार्यक्रम संयुक्तरुपमा गर्न सके थारु एकताको सन्देश जाने थाकसका एक पदाधिकारीले बताउनुभयो ।
हेर्नुहोस् विज्ञप्ती





