आठबुँदे घोषणापत्र जारीगर्दै राष्ट्रिय थारु यूवा भेला सम्पन्न

थारुको अधिकार सुनिश्चित्ताका लागि दवाव तिब्र बनाउने निर्णय


Dang

काठमाडौं, मंसिर २० गते । मंसिर १८ देखि २० गतेसम्म दाङ्को चखौरामा आयोजित तीन दिने राष्ट्रिय थारु यूवा भेला आठबुँदे दाङ् घोषणापत्र जारीगर्दै आइतबार समापन भएको छ । भेलाले थारु युवा स्वयम्सेवक दस्ता समेत बनाएको छ ।

थारु समुदायको साझा मुद्दा र सवालमा सबै राजनीतिक दलमा रहेका थारुहरुलाई गोलबद्ध बनाउन र दवावको कार्यक्रम थप सशख्त बनाउन स्वयम्सेवक दस्ता तयार गरिएको आयोजक संस्था थारु एराण्ड दि वल्र्डले बताएको छ । सो संस्थाका अध्यक्ष महावीर चौधरीको संयोजकत्वमा ११ सदस्यीय प्रारम्भिक स्वयम्सेवक दस्ता खडा गरिएको बताइएको छ ।

भेलाले जनजागरण अभियानकालागि “एक गाउँ १०० थारु युवा जाउँ” नारा तयगर्दै थारु अधिकारका लागि दवावको कार्यक्रमलाई थप प्रभावकारी बनाउन जनअभियान शुरुगर्ने निर्णय पनि गरेको छ । चित्तवन पश्चिमका जिल्लाबाट करिब एकसयको हाराहारीमा थारु युवा सहभागी भेलाले पूर्वी तराईका जिल्लालाई समेटेर पूर्वको भेला पथलइयामा चाँडै गर्ने निर्णय गरेको छ ।

पूर्व झापादेखिका थारु युवालाई दाङको युवा भेलामा आमन्त्रण गरिएको भएपनि पूर्वी तराईका जिल्ला मधेसवादी आन्दोलनका कारण यातायात सुचारु हुन नसकेपछि सहभागीले भागलिन सकेका थिएनन् । पूर्वका थारु युवाहरुका लागि सो अर्को भेलाको आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।

त्यस्तै, भेलाले अति आवश्यक इन्धन (ग्याँस, पेट्रोल, डिजेल, मट्टितेल) को कालोबजारी गर्ने विरुद्ध खवरदारी गर्ने र कारवाही गर्ने निर्णय पनि गरेको छ । भारतीय नाकाबन्दीका कारण इन्धन आयात हुन नसकी जनजीवन प्रभावित भएकाले त्यसको सहज वितरणकालागि कालोबजारी अन्त्यमा सहयोग गर्ने भेलाले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया