थारु मोडल विवश चौधरी जब कोहलपुरको भाटु भए


भगतराम थारु
नेपालगन्ज, असार ३० गते । थारु मोडल विवश चौधरीलाई कोहलपुरके भाटु भनेपछि विवश अलमलमा परेका छन् । पछिल्लो समयमा थारु मोडल विवशलाई दर्शकहरुले कोहलपुरके भाटु भनेर चिन्न थालेका छन् । सवैको मनमा बस्न सफल थारु मोडल स्टार विवशलाई दर्शकहरुले चवन्वा, हाइ मोर दार्लिङ भनेर बोलाउन गर्छन् ।

केही दिन अगाडि मोडल विवश विहानै बर्दिया बाँसगढीको एक पसलमा चिया खादै थिए । सडक किनारमै रहेको पसल अगाडिबाट एक हुल ट्युसन पढ्ने विद्यार्थीहरु आए । एक्कासी विवाशलाई देखेपछि उनिहरुले वाउ कोहलपुरके भाटु भन्दै जिस्क्याए ।

विवश नसुनेजस्तै मुख फर्काए र मुस्कुराए । मलाई आफै अचम्म लाग्यो मोडल विवशले मुस्कुराउदै भन्नुभयो मेरो फ्यान नि रैछन् । विद्यार्थीहरुले मलाई हेर्न घेरे र परिचय गरे । यी त थियो कोहलपुरके भाटु भनेर जिस्क्याउने यस्तै मोडल विवशलाई चवन्वा, दारु पियाल भाटु, राजेश हमाल, मेघा स्टार, कोहलपुरके भाटु, हाइ मोर दार्लिङ जस्ता नामले जिस्काउने र बोलाउने गरेको उहाँले भन्नुभयो ।

स्थान अनुसार फरक फरक गितको नामले चर्चामा रहेका विवशलाई सोही अनुसारको बोलाउने र जिस्क्याउने गरेको कथन विवशले सुनाउनुभयो । पश्चिम क्षेत्रतिर चवन्वा र हाइ मोर दार्लिङले चिन्ने गरेको उहाँले बताउनुभयो । यस्तै बाँकेतिर दारु पियाल भाटु र कोहलपुरके भाटु, र दाङ, कपिलवस्तुतिर राजेश हमाल, मेघा स्टारजस्ता नामले चिन्ने र बोलाउने गरेको उहाँले बताउनुभयो ।

कहिलेकाँही म आफे चकित पर्छु उहाँले हास्दै भन्नुभयो । साथीहरुसँग बसिरहेको हुन्छु एक्कासी नामले चिन्न गाह्रो हुन्छ कि के हो गितको बोलको नामले धेरैले बोलाउने गरेको उहाँ बताउनुहुन्छ । असारमा हरेक मानिस खेतबारी मै व्यस्त हुन्छन तर विवश भने म्युजिक भिडियो कै छायाङकनमा व्यस्त छन् ।

केही दिनमै बजारमा सार्वजनिक हुनेगरी थारु गित धोती बाँध, जवसे नैना मिलल, दिलमे बाजल गितार, ढुकढुकी र तिजको गित छमछम पाउजु बजे बोलको गितमा अहिले मोडल विवश व्यस्त छन् ।

तपाईको प्रतिक्रिया