छायाङ्कन तयारीमा रहेको चलचित्र थारुगिरीको निर्देशकमा चालिसे


भगतराम थारु
नेपालगन्ज, साउन १ गते । आदिवासी चलचित्र विकास बोर्डबाट स्विकृति (मान्यता) पाएको थारु कथानक चलचित्र थारुगिरीको निर्देशनको जिम्मा केशव चालिसेले पाउनुभएको छ । बर्दिया जयनगर पथलैया जन्मथलो भएका निर्देशक केशब सानै उमेरदेखि कलाकारितामा रुची राख्दै आउनुभएको छ ।

कलाकारितालाई माया गर्दैगर्दा केशवले थारु चलचित्र थारुगिरीको निर्देशन गर्ने मौका पाउनु खुशीको कुरा भएको बताउनुहुन्छ । सानै उमेरदेखि विद्यालय तहबाटै नाटक, नृत्य, सङ्गित, गायन लगायत विभिन्न कला सम्बन्धी प्रतियोगितामा भाग लिंदै आउनुभएको छ ।

कलाकारिता पेशालाई छोडन नसकिएको उहा“ले बताउनुभयो । घरको स्थिति देखेर केही गरौ भन्ने सोचकासाथ विदेश पनि गएको बताउनुभयो । विदेशमा पनि कलाकारिता पेशालाई माया गरिरहे र विदेशमै नेपालकै पहिलो थारु म्युजिक भिडियो सुटिङ गर्न सफल भएको उहा“ले भन्नुभयो ।

केशव अहिले थारु समुदायमाथि भएको विभेदबिरुद्ध पहिलो पटक थारु फिल्म थारुगिरी निर्देशन गर्न लागेको स्मरण       गर्नुभयो ।

केशवले निर्देशक मात्र नभई मोडलिङ समेत गर्नुहुन्छ । उहा“ले खेलेका चर्चित म्युजिक भिडियोको गित युट्युबमा हेर्न सकिन्छ । विदेशमै बसेर थारु भाषाको सान मारे सान मारे भन्ने बोलको गित छायाङ्कन उहाँले गर्नुभयो ।

जसमा केशव आफैले मोडलिङ र डाइरेक्सन गर्नुभएको थियो । केशव अहिले थारु समुदायमाथि भएको विभेदबिरुद्ध पहिलो पटक थारु फिल्म थारुगिरी निर्देशन गर्न लागेको स्मरण गर्नुभयो । थारुगिरी फिल्मको छायाङ्कन पनि स्वदेश तथा विदेशमा गरिने उहा“ले जानकारी दिनुभयो ।

थारुगिरी फिल्ममा संदिप विसी र सुनिता दहितको मुख्य भुमिका रहेको थारुगिरीका लेखक तथा गायक विश्वसागर परियारले बताउनुभयो । रुद्राक्ष फिल्म प्रा.लि.को व्यानरमा बन्न लागेको थारुगिरी आरकेसी डिजिटल स्टुडियो पिपरी, कोहलपुरको निर्माण रहेको थारुगिरीमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ ।

तपाईको प्रतिक्रिया