लगनशीलताले सफलता मिल्यो, न्यायाधीश बन्ने सपना छः प्रेक्षा चौधरी


काठमाडौं, साउन ५ गते । राजपत्राङ्कित तृतीय श्रेणीको नेपाल न्याय सेवा कानुनको शाखा अधिकृतमा लोकसेवा आयोगको परीक्षाबाट चारजना थारु चेलीले नाम निकाल्न सफल भएका छन् । थारु समुदायका लागि यो ठूलो सफलता हो ।

कैलाली निवासी बुन्दीलाल चौधरी तथा दुज्जी चौधरीको छोरी प्रेक्षा चौधरीसँग लक्की चौधरीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

लोकसेवा परीक्षा उत्तीर्ण गरेर सरकारी वकिलको जिम्मेवारीमा आउनु भयो, कस्तो महुशस भइरहेको छ ?
एकदम खुशी लागेको छ । पहिलो पटक लोकसेवा परीक्षामा सहभागी हुँदा खुलाबाटै नाम निकाल्न सफल भएँ । एकदम खुशी छुँ ।

यहाँसम्म पुग्न कस कसको प्रेरणा छ, जस्तो लाग्छ ?
मेरो बुवा आमालाई धेरै धन्यवाद । बाबुआमाले दिएको संस्कार, देखाएको बाटोमा लागेर नै यहाँसम्म आइपुगेँ । त्यस्तै, मेरो प्यारो अंकल गोपाल हमाल, मेरा गुरुहरु, सहयोगी सबै आफन्तहरुको प्रेरणा छ । मेरो सफलताका लागि उहाँहरुलाई धेरै धन्यवाद दिन चाहन्छुँ ।

न्याय क्षेत्रमा लाग्छु भन्ने कल्पना थियो कि अभिभावकको दवावले हो ?
अभिभावकको दवावले त हुँदै होइन । मेरो आफ्नै रुची हो । अभिभावकको सल्लाह पनि हो । पहिले देखि नै न्याय क्षेत्रमा केही बन्छु भन्ने मेरो सोच थियो ।

यो सफलता हासिल गर्न कस्तो मेहनत गर्नुपर्यो ?
धेरै मेहनत गर्नुपर्यो । आत्मसमर्पण, धैर्यता र निरन्तरताले यहाँसम्म आइपुँगे । केही काम गर्छु, लक्ष्यमा पुग्छु भनेरै लगनशीलताले सफलता मिल्यो । लोकसेवाको सिलेवसअनुसार पढें । गुरु, शिक्षक, सबैको सहयोग लिएर सफल पनि भएँ ।

न्याय क्षेत्रमा थारुको संख्या कम छ, यो क्षेत्रमा थारुलाई ल्याउन के गर्नुपर्ला ?
शुरुमा सपना देख्नुस् । त्यसलाई पूरा गर्न निरन्तर लाग्नुस् । सरकारी जागिरमा लागेपछि उच्च ओहदासम्म पुग्ने लक्ष्य राख्नुस् । जे बन्ने इच्छा छ, बाहिर पनि देखाउनुस् । आफ्नो क्षमता र रुचीअनुसार अगाडि बढ्नुस् । सफलता हात लाग्छ, भन्न चाहन्छुँ ।

अबको लक्ष्य के छ ?
न्याय क्षेत्रमा प्रवेश भएकी छुँ । अव मेरो लक्ष्य न्यायाधीश बन्ने छ । आगामी दिनमा त्यसकालागि प्रयासरत रहनेछुँ । इमान्दारितापूर्वक काम गर्नेछुँ । अब भविष्यले कहाँ पुर्याउँछ त्यो हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया