नेकपामा पाँच थारुलाई जिल्ला इन्चार्ज र ११ लाई सहइन्चार्जको जिम्मा


काठमाडौं, साउन ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभिन्न जिल्लामा गरी पाँचजना थारु जिल्ला इन्चार्जको जिम्मेवारीमा आएका   छन् । त्यस्तै, ११ जना थारु नेता सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

नेकपाको सचिवालय बैठकले आइतबार ७७ जिल्लाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । ७७ जिल्ला मध्ये पाँच जिल्लाका इन्चार्ज हुने नेतामा रुपा चौधरी (कैलाली), बलदेव चौधरी (उदयपुर), वलवीरप्रसाद चौधरी (बारा), वैजनाथ चौधरी (नवलपरासी पश्चिम), र नागेन्द्र चौधरी (पर्सा) रहनुभएको छ ।

त्यस्तै, सहइन्चार्जको जिम्मेवारी पाउने नेताहरुमा रामकुमारी चौधरी (सुनसरी), मञ्जुकुमारी चौधरी (उदयपुर) रहनुभएको छ । त्यस्तै दाङबाट सहइन्चार्जमा इन्द्रजीत थारु, नरुलाल चौधरी, मेटमणी चौधरी र शान्ता चौधरी रहनुभएको छ ।

सोहीअनुसार सन्तबहादुर चौधरी (वर्दिया), देवीलाल चौधरी –कञ्चनपुर), नारदमुनी रानाथारु (कैलाली), वीरमान चौधरी र हरिनारायण चौधरी (कैलाली) रहनुभएको छ । जिल्लाको संयोजक र सहसंयोजक दुवैजना थारु भएको जिल्ला उदयपुर र कैलाली हो ।

तपाईको प्रतिक्रिया