कैलालीमा दिल लगाउन थारु गायक परियार म्युजिक भिडियो लिएर आउँदै


भगतराम थारु
नेपालगन्ज,साउन ८ गते । चर्चित थारु गायक विश्वसागर परियार कैलालीमा दिल लगाउन धमाकेदार म्युजिक भिडियो लिएर आउँदै हुनुहुन्छ । म्युजिक भिडियोले बजार पिट्ने विश्वास गायकको छ ।

थारु गायक परियार र चर्चित गायीका सुुमन चौधरीको स्वरमा रहेको थारु गीत कैलालीमा दिल लागी तोहार दिलमे आग लागी, तोहार फिगर देखके चारुओर बबाल मचि बोलको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको गायक परियारले जानकारी गराउनुभयो ।

कैलालीमा दिल लगि बोलको गीत अलि फरक खालको रहेको हुनाले यसले धमाका मच्चाउने गायक परियारले जिकिर गर्नुभयो । चर्चित गायक बाँकेबासी भएपनि कैलालीमा आग लगाउने भएको गायक परियारले भन्नुभयो । कैलालीलाई लक्षित गरिएको गीतमा परियारले धमाकेदार गीत भएको दावी गर्नुभयो ।

कलाकारहरुको भुमिका पनि धमाकेदार रहेको हुनाले बाँकेमा नभए पनि कैलालीमा आग लगाउने गायक परियारको भनाई छ । कैलालीमा दिल लागि बोलको गितमा अहिलेका चर्चित कलाकार सन्दिप विसी र दिक्षा चौधरी रहेका छन् । गीतको छायाङकन कपिलबस्तु, लुम्बिनी, बाँके र कैलालीका विभिन्न ठाउँमा गरिएको कलाकार सन्दिप विसीले जानकारी दिनुभयो ।

आरकेसी डिजिटल स्टुडियो पिपरी कोहलपुरबाट केही दिनमै सार्वजनिक हुने आयोजक टिमले जनाएको छ । छायाङकन पनि आरकेसीका डाइरेक्टर रामु चौधरीले गर्नुभएको छ भने डाइरेक्टर गायक परियार आफैले गर्नुभएको छ । शव्द संगित सुखलाल चौधरीको रहेको छ ।

तपाईको प्रतिक्रिया