भगतराम थारु
नेपालगन्ज, साउन १३ गते । जवसे नैना मिलल बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल विवश चौधरी र सुमित्रा चौधरीको मुख्य भुमिका रहेको थारु म्युजिक भिडियो आइतबार सार्वजनिक भएको हो ।
गायक सरम चौधरी र गायीका कल्पना चौधरीको स्वर रहेको जवसे नैना मिलल बोलको गीत तिव्र गतिमा छायाङकन भएको कलाकार विवश चौधरीले बताउनुभयो । गीतमा मेकअप सोनु कुश्मी, क्यामरा र निर्देशन सतिश शिन्हाले गर्नुभएको छ ।
थारु इन्डष्ट्रिमा दोस्रो गीत तिव्रगतिमा छायाङकन भएको हो । यस्तो खालको गीतमा छायाङ्कन गर्न समेत गाह्रो हुने गरेको कलाकारहरु बताउँछन् । जो कोहीले यस्तो गीतमा छायाङकन गर्न नसक्ने भएको हुनाले हाईस्पिडमा कमै छायाङ्कन हुनेगरेको कलाकारहरुले बताउनु भयो ।
हाइस्पिडमा दोस्रो गीत जवसे मिलल नैना हो भने पहिलो तुहार दिल हमार धडकन रहेको छ । जवसे नैना मिलल दिलमे हलचल मचल, मै तो हुइनु दिवाना, मै फे हुइनु दिवानी बोलको छायाङकन डडेलधुरा र बैतडीमा भएको मोडेल सुमित्राले बताउनुभयो ।
पहिलो र दोस्रो गीतमै दुवै कलाकारले हाइस्पिडमा छायाङ्कन गरेका छन् । सुमित्राले अहिलेसम्म १० वटा थारु गीतमा म्युजिक भिडियो खेलिसक्नुभएको छ । विवशले सय बढी गीतमा मोडलिङग गरिसक्नुभएको छ ।