काठमाडौं, साउन ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विभागका प्रमुख, उपप्रमुख एवं सात वटै प्रदेशका सहइन्चार्जको जिम्मेवारी तोकेको छ । सोमध्ये दुईजना थारु प्रदेश सहइन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।
नेकपा सचिवालयको शुक्रबार बसेको बैठकले सो निर्णय गर्दै प्रदेश ५ को सहइन्चार्जमा वैजनाथ चौधरी र प्रदेश २ को सहइन्चार्जमा नागेन्द्र चौधरी चयन हुनुभएको छ । त्यस्तै, पार्टी उपाध्यक्ष तथा संगठन विभाग प्रमुखमा बामदेव गौतम, स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल, प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डेले जिम्मेवारी पाउनुभएको छ ।
सोहीअनुसार विदेश मामला विभाग प्रमुखमा माधवकुमार नेपाल, संघीय संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, नीति अनुसन्धान प्रतिष्ठान प्रमुखमा झलनाथ खनाल, निर्वाचन विभाग प्रमुखमा प्रदीपकुमार ज्ञवाली, पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा योगेश भट्टराई, शहरी विकास विभागमा लेखराज भट्ट प्रमुख हुनुभएको छ ।
हेर्नुहोस् सचिवालय बैठकले गरेको निर्णयको पूर्णपाठ