दाङको गढवामा सालीभाटुको बेजोड प्रस्तुती, दर्शकले लिए मनोरन्जन


भगतराम थारु
दाङ, साउन ३२ गते । दाङ जिल्लाको गढवा गाउँमा सालीभाटुले तहल्का मच्चाएका छन् । चर्चित मोडल तथा नृत्य निर्देशक विवश चौधरी र थारु मोडेल तथा गायीका श्रीदेवी चौधरीको भर्खरै बजारमा आएको सालीभाटु बोलको गीतमा नृत्य गरेर उनिहरुले दर्शकलाई मनोरन्जन दिएका हुन् ।

विवश र श्रीदेवीको युगल जोडीले गढवा सांस्कृतिक कार्यक्रमको माहोल नै तातेको थियो । दर्शकको वाहवाहीले युगलजोडी मानिने विवश र श्रीदेवीको प्रस्तुतीले वान्स मोर वान्स मोरले झनै महोल तताएको थियो ।

दर्शकले यति धेरै मन पराएर उनिहरुको नृत्य र गीत प्रस्तुतीले सांस्कृतिक कार्यक्रम अवधिभर मनोरञ्जन दिएका थिए । जोडीले दाङको गढवामा पनि तहल्का मच्चाउन सफल भएको छ । स्थानीय राजेन्द्र चौधरीले भन्नुभयो । विवश र श्रीदेवीको कला देखेर मन हुरुक्क भयो राजेन्द्रले भन्नुभयो । उनिहरुमा बास्तविक कला रहेको छ उहाँले भन्नुभयो ।

एकपछि अर्को गीतमा नृत्य गरेका नृत्य निर्देशक तथा मोडल विवश र श्रीदेवीले चवन्नी मुस्कि मारके बोलको गीतमा नृत्य गर्दा दर्शक झनै हुटिङ गरेर साथ दिएका थिए । थारु, नेपाली, हिन्दी र भोजपुरी गीतमा मोडल विवशले नृत्य प्रस्तुत गरेका थिए । मोडल तथा नृत्य निर्देशक विवश थारु नेपाली गीत गरि एकसय बढी म्युजिक भिडियोमा मुख्य भुमिकाको रुपमा अभिनय गरेका छन् ।

साउन २२ गतेदेखि संचालनमा रहेको गढवा सांस्कृतिक मिनि रमाईलो मेला २०७६ भाद्र ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ । कला संस्कृति र मनोरञ्जनको संगम भन्ने मुल नाराकासाथ सुरु भएको सांस्कृतिक कार्यक्रमको आयोजना गढवा युवा क्लवले गरेको हो ।

विभिन्न भाषाभाषीका राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृतिक कार्यक्रममा प्रवेश शुल्क तोकिएको आयोजक टिमका उपाध्यक्ष सुनिलकुमार चौधरीले जानकारी दिनुभयो । अहिलेसम्म कार्यक्रममा थारु गायक विश्वसागर परियार, विवश चौधरी, श्रीदेवी चौधरी, पुजा चौधरी, समिक्षा चौधरी, राजेन्द्र चौधरी, राज कुश्मी, अन्जु कुश्मी लगायतले प्रस्तुती गरिसकेका छन् ।

रमाईलो मेलामा पिङ, डुंगा झुला, बच्चाको खेल्ने विभिन्न किसिमका खेलहरु मेला परिसरमा रहेको स्थानिय संजिव चौधरीले बताउनुभयो । साउन ३२ गते राती थारु हास्य कलाकार सत्यनारायण (फेटारा) को प्रस्तुती रहेको थियो । मेलामा प्रवेश शुल्क ५० रुपिया कायम गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया