थारु पत्रकार संघको महाधिवेशन नजिकिदा जिल्ला शाखा पुनरगठन


सुनिल चौधरी
झुम्का, भदौ १५ गते । थारु पत्रकार संघ, नेपाल केन्द्रीय समितिको चौथो महाधिवेशन नजिकिदै गर्दा जिल्ला शाखाहरु धमाधम पुनर्गठन भइरहको छन् । यसैक्रममा शनिबार उदयपुर शाखाको पुनरगठन भएको छ ।

पहिलो अधिवेशनबाट उदयपुर जिल्ला शाखामा सुखिलाल चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । केन्द्रीय सदस्य कुलदिप चौधरीको प्रमुख आतिथ्यतामा संघ उदयपुरको नयाँ कार्य समिति सर्वसहमतिबाट चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा दिपु चौधरी, सचिव दुर्गानन्द चौधरी, सहसचिव रेनुका चौधरी, कोषाध्यक्ष श्रवण चौधरी चयन हुनुभयो । त्यस्तै, सदस्यहरुमा भास्कर चौधरी, ममता चौधरी, मेनुका चौधरी, कबिता चौधरी, बिना चौधरी र दुर्गानन्द चौधरी रहेका छन् ।

समितिले सल्लाहकार समेत नियुक्त गरेको छ । सल्लाहकारमा रबिन्द्रकुमार चौधरी, बिष्णुदेव चौधरी र शिवकान्त चौधरीलाई चयन गरेको नव नियुक्त अध्यक्ष सुखिलाल चौधरीले जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य चौधरीले उदघाटन गर्दै थारु पत्रकार संगठित भई अधिकारका सवालमा कलम चलाउनु पर्ने सुझाव दिनुभयो । कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देबीकुमारी चौधरी, थारु कल्याणकारीणीसभाका जिल्ला अध्यक्ष शिवकान्त चौधरी लगायतले धारणा राख्नुभयो ।

केन्द्रीय अधिवेशन अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारीसाथ जिल्लाका कार्य समिति पुनरगठन हुन लागेका हुन् । संघको तराईका विभिन्न जिल्लामा गरी १८ जिल्लामा संगठन रहेका छन् । अहिलेसम्म करिब सबै जिल्लामा जिल शाखाको अधिवेशन सम्पन्न हुन थालेको केन्द्रीय कमिटीले जनाएको छ । थारु पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशन भदौ २० देखि २२ सम्म चितवनमा हुने तय भएको छ । महाधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया