थारु पत्रकार संघ, नेपाल सुनसरी शाखामा सुनिल र मोरङमा गच्छदार


झुम्का, भदौ १८ गते । थारु पत्रकार संघ, नेपाल सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा सुनिल चौधरी चयन भएका छन् । मंगलवार भएको जिल्लाको दोस्रो अधिवेशनबाट चौधरी सर्वसहमतिले अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघका केन्द्रिय सदस्य कुलदिप चौधरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । अध्यक्ष चौधरी रामधुनी खबर साप्ताहिक पत्रिकाका सम्पादक प्रकाशक हुन् । त्यस्तै, संघको उपाध्यक्षमा कोचिला एफ एमका सञ्जय चौधरी, सचिवमा रेडियो रामधुनीका हेमन्त चौधरी, सहसचिवमा पपुलर एफ एमका ललिता चौधरी, कोषाध्यक्षमा झुम्का एफ एमका होमकुमारी चौधरी चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा निरज चौधरी (तरहरा एफ एम), स्वेता चौधरी (कोचिला एफ एम), बिनिता चौधरी (झुम्का एफ एम), सरोज चौधरी तरहरा (एफ एम) रहेका छन् । केन्द्रिय कार्य समितिको यहि भदौ २० र २१ गते महाधिवेशनहुन गईरहेको छ । केन्द्रिय प्रतिनिधिमा गवनसिंह चौधरी, निशान चौधरी, प्रदिप चौधरी र कमला चौधरी चयन भएका छन् । त्यस्तै महाधिवेशन पर्यवेक्षकमा नबिन चौधरी र होमकुमारी चौधरीलाई छनौट गरिएको छ ।

अधिवेशनमा संघका केन्द्रिय सदस्य कुलदिप चौधरी, थारु कानुन ब्यवसायी सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी, समाजसेवि तेजनारायण चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला लेखि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी थारु पत्रकार संघ सुनसरीले पहिलो बैठकबाट सल्लाहकार समेत नियुक्त गरेको छ । कानुनी सल्लाहकारमा रामराज चौधरी, अन्य सल्लाहकारमा तेजनारायण चौधरी, शुसिला लेखि, सुसिला चौधरी र सिता थरुनी छन् ।

मोरङमा गच्छदार


थारु पत्रकार संघ, मोरङ शाखाको अध्यक्षमा पुनः पत्रकार एल.एन. गच्छदार निर्वाचित भएका छन् । गच्छदारको नेतृत्वमा बुधबार नयाँ कार्य समिति चयन गरिएको हो ।

त्यसैगरी उपाध्यक्ष मिना बिश्वास, सचिब पुष्पे थारु, सहसचिब निरज खवास, कोषाध्यक्ष सुरजकला माझी, सदस्यहरुमा बिरु माझी, कवल बिश्वास, जिवन माझी, मन्दिप फौदार, धर्मनारायण चौधरी, सरिता चौधरी, सबिता चौधरी, मोहन तबदार चयन भएका छन् ।

सल्लाहकार तथा थाकस सचिव जागेश्वर बिश्वास, अधिवक्ता तथा महिला अधिकारकर्मी निरा भगत, महिला अभियन्ता तथा थारु कला केन्द्रका प्रमुख सल्लाहकार सुची चौधरी, थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वास, थाकस सह-सचिब ईश्वर माझी, थाकस कोषाध्यक्ष दुखाराम गच्छदार, कोचिला खबरका प्रबन्धक अकबर अलि, मधेसी पत्रकार समाजका श्यामसुन्दर सुतिहार लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया