भगतराम थारु
नेपालगन्ज, भदौ ३१ गते । मोडल राजकुमार थारुकोे थारु म्युजिक भिडियो बैथक्कु सोमवार सार्वजनिक भएको छ । पहिलो पटक चारवटा चर्चित थारु मोडेलसँग मोडल थारुले बैथक्कु थारु म्युजिक भिडियोकोे सार्वजनिक गर्नुभयो ।
चर्चित मोडेल तथा गायिका अन्जु कुश्मी, राधा चौधरी, रितुनानु चौधरी, निर्मला चौधरीसँग मोडल राजकुमारले एक्लै रोमान्स गरेको भिडियोमा देख्न सकिने सुटिङ युनिटले जनाएको छ । दशै तिहार नजिकिदै गर्दा थारु बस्तीमा गुञ्जिने थारु सांस्कृतिक भाका रहेको बैथक्कु गीतले बजार तताउने आशा गरेको मोडल राजकुमारले बताउनुभयो ।
दशै तिहारलाई लक्षित गरी बनाइएको थारु म्युजिक भिडियो बैथक्कु गीतको छायाङ्कन बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैया र भुरिगाउँमा भएको सुटिङग युनिटले जनाएको छ । मेरो पहिलेदेखि नै थारु सांस्कृतिक गीतको म्युजिक भिडियोमा खेल्ने इच्छा थियो अहिले सकार भएको छ मोडल राजकुमारले भन्नुभयो ।
बैथक्कु थारु म्युजिक भिडियोको छायाङ्कनमा बर्दिया मिर्चैयाका स्थानियले ठूलो साथ दिएको समेत मोडल राजकुमारले बताउनुभयो । बैथक्कु गीतको निर्देशन सुरज कुसुमियाले गर्नुभएको छ । मोडल राजकुमारका साथमा अन्जु कुस्मी, राधा चौधरी, रितु चौधरी, निर्मला चौधरी, भुपेस चौधरी, मुन्सिराम चौधरी, प्रदीप चौधरी, सुकराज चौधरी र अनुप चौधरीको अभिनय रहेको छ ।
सो गीतमा गायक राज कुश्मी र गायिका समिक्षा चौधरीले स्वर दिनुभएको छ । आर.के.सि. मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको थारु भिडियोको छायांकन रामु चौधरीले गर्नुभएको हो । हास्यकलाकार सत्यनारायण थारु (फेटारा)ले बैथक्कु गीतमा कमेडि गरेर साथ दिनुभएको छ ।