सांसद तेजुलाल चौधरीमाथि कार्यकर्ताद्वारा हातपात, कानूनी कारवाही गर्ने


काठमाडौं, असोज ७ गते । नेपाली कांग्रेस सप्तरी ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) तेजुलाल चौधरीमाथि काँग्रेसका कार्यकर्ताहरुले हातपात गरेका छन् । कांग्रेसको जागरण अभियानको अन्तिम दिन मंगलबार राजविराजमा आयोजित कार्यक्रममा सांसद चौधरीमाथि हातपात गरिएको हो ।

प्रमुख अतिथि र अतिथिको विषयलाई लिएर पार्टीका जिल्लास्तरीय नेता तथा कार्यकर्ताबीच विवाद हुँदा सम्झाउने क्रममा सांसद चौधरीमाथि हातपात गरिएको थियो । वरिष्ठतमलाई आसन ग्रहण नगराएर कनिष्ठहरुलाई आसन ग्रहण गराउँदा मर्यादा निमलेको विषयमा सांसद चौधरीले सम्झाउन खोज्दा उहाँलाई धक्कामुक्का गर्दै मञ्चबाट बाहिर निकालिएको सांसद चौधरीले बताउनुभयो ।

राजविराजस्थित स्थानीय पवि माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सप्तरी काँग्रेसका जिल्ला सभापति दिनेश यादवको निर्देशनमा आफूमाथि हातपात र दुव्र्यवहार भएको चौधरीले बताउनुभयो । दुव्र्यवहारमा संलग्नलाई कानूनी कारवाही गराउने सांसद चौधरीले बताउनुभयो ।

घटनाबारे पार्टी केन्द्रमा जानकारी गराइसकिएकाले पार्टीले पनि सोबारे छानविन गरी कारवाही गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा विवाद भएपछि सांसद चौधरीसहित एक खेमा अन्त गएर कार्यक्रम गरेका थिए । सभापति यादवको विरुद्धमा नाराबाजी गर्दै कारवाहीको माग गरेका थिए । घटनापछि सो पक्षले विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ती

तपाईको प्रतिक्रिया