कैलालीको बलचौरमा थारु गुरुवा सम्मेलनको तयारी, एकताको प्रयास


हमार पहुरा अनलाइन
कैलाली, असोज ११ गते । कैलालीको लम्किनजिक बलचौरमा थारु गुरुवाको बृहत सम्मेलनको तयारी शुरु गरिएको छ । गुरुवाहरुबीच एकता गर्ने उद्देश्यसाथ सो सम्मेलनको तयारी गरिएको आयोजकले बताएको छ ।

थारु गुरुवा बैदवा समाज सेवा समितिको आयोजनामा आगामी कात्तिक २ गते सम्मेलन गर्ने तयारी भइरहेको समितिका अध्यक्ष (बर्का गुरुवा) रामप्रसाद चौधरीले बताउनुभयो । सम्मेलनमा थारु गुरुवाबीच चिनजान, सदस्यता विस्तार तथा गुरुवा एकताका विषयमा छलफल हुने चौधरीले बताउनुभयो । सम्मेलनमा थारु सखिया, मुंग्रहुवा, दिननच्वा, झुम्रा लगायतको नाच समेत प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

कैलालीमा गुरुवाको संख्या अधिक रहेको तर पहिचान हुन बाँकी रहेकाले सदस्यता विस्तार र गुरुवाको पहिचान र परिचयमा सम्मेलनले सघाउ पुग्ने विश्वास आयोजकले गरेको छ ।

समितिमा अहिले कैलालीमा मात्र करिब पाँचसय बढी थारु गुरुवा आवद्ध छन् । कैलालीमा गुरुवाको संख्या अधिक रहेको तर पहिचान हुन बाँकी रहेकाले सदस्यता विस्तार र गुरुवाको पहिचान र परिचयमा सम्मेलनले सघाउ पुग्ने विश्वास आयोजकले गरेको छ । समितिले यसअघि पनि थारु गुरुवाको भेला तथा सम्मेलनको कार्यक्रम गर्दैआएको छ । सम्मेलनमा पूजा भने नहुने चौधरीले जानकारी दिनुभयो ।

सम्मेलनमा थारु गुरुवाका अलावा सोह्रिनिया, महिला बैदवा, देशबन्ध्या, केसौका, कन्धुनिया लगायतका सबै किसिमका थारु गुरुवाहरुको सहभागिता रहने अध्यक्ष चौधरीले बताउनुभयो । २०७३ सालमा स्थापना भएको समितिले अरु जिल्लामा पनि समिति विस्तार गर्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया