थारु संस्कृति प्रस्तुत गर्दै दशेहरा विशेष मनोरन्जनात्मक कार्यक्रम सम्पन्न


रामअवतार चौधरी
कपिलवस्तु, असोज २३ गते । दशेहरा विशेष साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम यहाँ सम्पन्न भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–२, लोहरौलामा राइज नेपाल यूवा क्लबको आयोजनामा कार्यक्रम भएको हो ।

साँस्कृतिक कार्यक्रमलाई ब्यानर वाचन गरेर उद्घाटन गर्दै विजयनगर गाउँपालिका प्रमुख गोपालबहादुर थापाले नेपालीको स्थायित्व, समृद्धि र सद्भाव कायम राख्ने महान पर्वका बारेमा शुभकामना व्यक्त गर्नुभयो । “राइज नेपाल यूवा क्लबले गरेको कार्यक्रम प्रसंशा गर्न लायक छ, यसमा हाम्रो साथ र सहयोग रहन्छ” थापाले भन्नुभयो ।

यसैबीच विजयनगर गाउँपालिका उपप्रमुख लक्ष्मीकुमारी थारुले कार्यक्रममा बोल्दै थारु कल्चर आफ्नो समुदायको गहना रहेको बताउँदै क्लबले हरेक बर्ष संस्कृति झल्किनेगरि कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । “म हरेक कदममा यो क्लबलाई सहयोग दिन तयार छु” थारुले भन्नुभयो । थारु समुदायको पहिचान भmल्किनु नै नेपालीको पहिचान दिनु हो उहाँको भनाई थियो ।

कार्यक्रममा थारु संस्कृतिजन्य प्रस्तुति देखाइएको थियो । कार्यक्रम नविन थारुको अध्यक्षता, विजयनगर गाउँपालिका अध्यक्ष थापाको प्रमुख आतिथ्यिता, उपप्रमुख लक्ष्मीकुमारी थारुको विशिष्ट आतिथ्यितामा भएको थियो । त्यसैगरी स्थानिय गायक सिमान्त चौधरी, इन्दे्रणी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष बनवारीलाल थारु लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया