भगतराम थारु
नेपालगन्ज, कात्तिक ५ गते । बर्दियाको बारबर्दिया नगरपालिका बेलभार ११ को बठवामा थारु कालकारहरु झुभि झुमि नाचेर रमाएका छन् । चर्चित मोडल विवश चौधरीको छोरा प्रिन्स चौधरीको जन्मदिनको अवसरमा कलाकारहरु रमाएका हुन् ।
जन्मोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता थियो । कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए । थारु गायक विश्वसागर परियार, थारु मोडल विवश चौधरी, मोडल राजकुमार चौधरी, थारु मोडेल सुनिता दहित, निर्मला चौधरी, पुजा चौधरी, निरा चौधरी, संगिता चौधरी, भुपेश चौधरी, मुन्सिराम चौधरी, मनोज चौधरी लगायतले नृत्य गरेका थिए ।
कलाकारहरुले कमेडी, युगल, हिपप, हिन्दी, नेपाली, थारु लगायतका गीतमा प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य तथा थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष भगतराम थारु, केन्द्रिय सदस्य हेमन्त चौधरीेसहित स्थानिय समाजसेवी, बुद्धिजिवी, अगुवाहरुको सहभागिता थियो ।