जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम महाधिवेशन आजबाट


हमार पहुरा डट कम
धनगढी, कात्तिक ७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम महाधिवेशन विहिबार सदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शुरु हुँदैछ । महाधिवेशनको उदघाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुहुनेछ ।

२०५६ मा स्थापना भएको तत्कालिन अनिज २०७२ मा महासंघमा रुपान्तरित भई फोनिज भएको थियो । देशभर ५६ जिल्ला तथा ६ वटा विदेश शाखा रहेको फोनिजमा करिब चारहजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।

आदिबासी जनजातिको हकअधिकार, सवाल तथा भाषा, संस्कृति र संस्कारको संरक्षण तथा प्रवद्र्धनको पैरवी गर्दैआएको फोनिजले देशमा विद्धमान भ्रष्टाचारको अन्त्य सुशासन तथा समानुपातिक समावेशी सहभागिताका लागि निरन्तर आवाज उठाउँदैआएको छ ।

महाधिवेशनमा भागलिन फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, उपाध्यक्ष लक्की चौधरी धनगढी आइपुग्नुभएको छ । सदूरपश्चिममा फोनिजको कैलाली र कञ्चनपुर गरी दुई शाखा छन् । बाँकी पहाडि जिल्लामा शाखा विस्तारको पहल भइरहेको छ ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सदस्य, पत्रकार संघसंस्था, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुलाई अतिथिकालागि आमन्त्रण गरिएको फोनिज कैलालीका अध्यक्ष लखन चौधरीले बताउनुभयो । महाधिवेशनमा भागलिन कञ्चनपुर, टीकापुर, कैलालीका विभिन्न ठाउँ तथा डोटीको दिपायलबाट समेत केही पत्रकार धनगढी आइपुगेका छन् । फोनिज संघीय प्रणालीमा गएपछि प्रदेश १, प्रदेश २, प्रदेश ४, प्रदेश ३ मा सम्पन्न भइसकेको छ ।

महाधिवेशनले सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्नेछ । अहिले रामचन्द्र कुश्मीको संयोजकत्वमा सुदूरपश्चिम फोनजिको तदर्थ समिति छ ।

तपाईको प्रतिक्रिया