पत्रकार राज चौधरीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग


बुटवल, कात्तिक २३ गते । बुटवलमा कार्यरत सञ्चारकर्मी राज चौधरीमाथी बिहिबार राती हातपात र दुर्ब्यवहार भएको छ । कामबाट घर पर्कदैगर्दा राती १२ बजे एक अज्ञात समूहले पत्रकार चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा संलग्नको खोजीगरी कारवाही गर्न सञ्चार सम्बद्ध संघ संस्थाले माग गरेका छन् ।

स्थानीय बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत चौधरीकार्यालयको काम सकेर बुटवलको प्रगतीनगर आफ्नो कोठमा जादै गर्दा जागरण चोक नजिकै हातपात तथा दुव्यवहार भएको थियो । रिफ्रेस क्याफे नजिकै सडकछेउमा रहेका केहि युवाहरुले चौधरीमाथी दुरव्यवहार गरेका थिए । घटनामा संलग्नललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

गाली गलोच गर्दै पत्रकार चौधरीको मोवाईल र डायरी समेत सो समूहले खोसेका थिए । नगद र अन्यकागजात समेत लुट्ने प्रयास गरेका थिए । मिडियाको कार्ड देखाएपनि उनिहरुले उल्टै कार्ड नै खोसेको पत्रकार चौधरीको गुनासो छ ।

घटना प्रति टेलिभिजन परिवारले आपत्ति जनाएको छ । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले विज्ञप्ति जारी गरी घटनाप्रति आपत्ति जनाएका हुन् । आफ्ना कर्मचारीमाथी अपराधिक मनोबृत्तिका व्यक्तिहरुले पत्रकारको परिचय दिदा दिदै कुटपिट र दुरव्यवहार गर्नु आपत्तीजनक भएको उल्लेख गरेका छन् । उनले दोषिलाई तत्काल पहिचान गरि कानुनी कारवाहीको माग समेत गरेका छन् ।

दुरब्यवहारमा परेका पत्रकार चौधरीले घटनामा सम्लग्नहरुलाई कानुनी कारवाहीको माग गरेका छन् । त्यस्तै थारु पत्रकार संघ रुपन्देही शाखाले पनि दोसीको पहिचान गरी कारवाहीको माग गरेको छ । संघका सचिव कमल चौधरीद्वारा जारी विज्ञप्तीमा सो माग गरिएको छ ।

यसैबिच पत्रकार महासंघ रूपन्देहीले पत्रकार चौधरीमाथि भएको घटनाप्रति बिरोध जनाउदै घटनामा संलग्नलाइ तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया