निःशुल्क स्वास्थ्य शिविरबाट ३५० बढी सर्वसाधारण लाभान्वित


सुनिल चौधरी
सुनसरी (झुम्का), कात्तिक २९ गते । रबिन मेडिकल हल र थारु महिला उत्थान समाज झुम्काले संयुक्तरुपमा गरेको निःशुल्क स्वास्थ्य उपचार क्लिनिक शिविरबाट यहाँका ३५० बढी सर्वसाधारणले चेकजाँच गराएर लाभान्वित भएका छन् ।

बिराटनगरको नोबेल अस्पतालका बिशेषज्ञद्वारा शिबिरमा बिरामिलाई निशुल्क चेकजाँच गरेका थिए । स्वस्थ्य शिबिरमा टाउको तथा नसा, हार्डजोर्नि, नाक, कान, घाँटी, श्वासप्रश्वास सम्बन्धी छाति, फिजिसिय, ल्याब, इसिजि, भिडियो एक्सरे सेवाहरु प्रदान गरिएका थिए । सो सेवाबाट स्वस्थ्य लाभ लिदै स्वस्थ्य रहन् सल्लाह पनि सर्वसाधारणले विज्ञहरुबाट पाएका छन् ।

ठूला अस्पतालमा खर्च गरेर धेरै दिन धाएर समस्याका बारेमा अन्यौलता रहेका विरामीले रबिन मेडिकलमा निशुल्क रुपमै समस्या बुझ्न पाउँदा आभार समेत प्रकट गरेका छन्् । स्वास्थ्य शिविरको रामधुनी नगर उपप्रमुख सबिना चौधरीले उदघाटन गर्नुभएको थियो ।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले मेडिकलले टाउकोदेखि नङ्ग सम्मका उपचार गरिरहेको जानकारी दिनुभयो । टेक्निक हिसाबले मात्र हैन बिश्वास राख्नेगरी बिशेषज्ञता हासिलगरेका डाक्टरबाट उपचार सेवा दिइरहेको उहाँले बताउनुभयो ।

थारु महिला उत्थान समाजकी अध्यक्ष सिता थरुनी चौधरीको सभापतित्वमा शिविर सञ्चालन भएको थियो । समाजले समय समयमा सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैआएको र धेरैजना त्यसबाट लाभान्वित भएको बताउनुभयो । उत्थान समाजकी कोषाध्यक्ष आशा चौधरीका अनुसार आगामी दिनमा पनि यस्तो कार्यक्रम समाजले गर्दैजानेछ ।

तपाईको प्रतिक्रिया