फोनिज प्रदेश ५ र ६ महाधिवेशन मंसिर १६ र १८ गते हुने


काठमाडौं, मंसिर १४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ५ र ६ को महाधिवेशन तयारी गरिएको छ । प्रदेश ५ को मंसिर १६ गते र ६ को १८ गते तयारी गरिएको केन्द्रीय सचिवालयले जनाएको छ ।

फोनिज प्रदेश ५ को महाधिवेशन पाल्पा र ६ को सुर्खेतमा हुँदैछ । फोनिजका अन्य प्रदेश १, २, ३, गण्डकी र सुदूरपश्चिमको सम्पन्न भइसकेको छ । यी दुई प्रदेशको महाधिवेशनसँगै फोनिजको प्रदेश स्तरीय महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन तयारी पूरा भइसकेको आयोजक प्रदेश कमिटीका सदस्यहरुले बताउनुभएको छ ।

आदिबासी जनजाति पत्रकारको छाता संगठन फोनिजको देशभर गरेर ५४ जिल्लामा शाखा रहेको छ । यस्तै, विदेशमा ६ शाखा रहेको छ । देशभरबाट फोनिजमा करिब ३ हजार पत्रकार आवद्ध छन् । फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङकाअनुसार आदिबासी जनजातिको हक अधिकारको पैरवी, कला, भाषा संस्कृति एवं संस्कारको संरक्षण तथा प्रवद्र्धनमा फोनिजले नेतृत्वदावी भूमिका खेल्दैआएको छ ।

आदिबासी ज्ञान, सीप कलाको संरक्षणमा पत्रकारिताको माध्यमबाट आदिबासी नागरिकमा जनचेतना जगाउने तथा संवैधानिक हक अधिकारबारे जानकारी गराउने र सम्बोधनकालागि राज्यलाई दवावमूलक अभियान समेत फोनिजले खेल्दैआएको छ । प्रदेश ५ र ६ को महाधिवेशनमा अध्यक्ष गुरुङको नेतृत्वमा संघीय टोली आइतबार काठमाडौंबाट प्रस्थान गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया