राना थारु समाजको अध्यक्षमा कृपाराम, पन्ध्र सदस्यीय नयाँ कार्य समिति चयन


कमलसिंह राना
धनगढी, मंसिर १८ गते । नेपाल रानाथारु समाजको छैठौं महाधिवेशनले पूर्व सांसद कृपाराम रानाथारुको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । कैलालीको धनगढीमा बुधबार सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको दुई उपाध्यक्षमा कमलसिंह राना र ओमप्रकाश राना निर्वाचित हुनुभएको छ । त्यस्तै अन्य पदाधिकारीमा महासचिवमा भक्तराज राना, दुई सचिवमा चन्द्रकिरण राना र द्रोपदी राना, कोषाध्यक्षमा कन्दकला राना चयन हुनुभएको छ ।

समाजको सदस्यमा रामबेटी राना, कृष्णाकुमारी राना, शाहिव राना, शिवकुमार राना, भगिरथ राना, गर्भु राना, झेली राना र रामसेवक राना हुनुहुन्छ । कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

महाधिवेशनको उदघाटन प्रतिनिधिसभाका सदस्य नारदमुनी रानाले मंगलबार गर्नुभएको थियो । कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेका रानाथारु समुदायको करिब डेढ लाख जनसंख्या रहेको छ । रानाथारु समाज अहिलेसम्म थारु मातहत रहेपनि आफ्नो भाषा, भेषभुषा तथा संस्कृति फरक रहेकोभन्दै नेपाल आदिबासी जनजाति उत्थान प्रतिष्ठानमा अलग सुचीकृत हुनुपर्ने माग राख्दैआएका छन् ।

तपाईको प्रतिक्रिया