फोनिज कर्णालीमा तेह्र सदस्यीय कार्य समिति गठन, अध्यक्षमा भुपेन्द्र


हमार पहुरा डट कम
सुर्खेत, मंसिर १८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णालीको प्रथम महाधिवेशनले भुपेन्द्र घर्तीमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कर्णालीको अस्थायी राजधानी सुर्खेतमा बुधबार सम्पन्न महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।

त्यस्तै, महाधिवेशनले उपाध्यक्षमा करिष्मा चौधरी (महिला), धर्मरत्न थापा, महासचिवमा सन्तोष घर्तीमगर, संगठन सचिवमा सपना पुनमगर र संस्थागत सचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा राजेश कुमाललाई निर्वाचित गरेको छ ।

सोहीअनुसार अन्य सदस्यहरुमा क्रमशः नरजंग तामाङ, वविकिशोर गुरुङ, दिपा गाहामगर, मनकला बुढामगर, खिमा गुरुङ र छफाल लामा सर्वसम्मत चयन हुनुभयो ।

यसअघि १६ गते सोमबार फोनिज प्रदेश ५ को महाधिवेशन पाल्पामा सम्पन्न भएको थियो । कर्णालीको प्रदेश महाधिवेशनसँगै फोनिजको सातवटै प्रदेशमा प्रदेश कमिटी गठनको काम सम्पन्न भएको छ । आदिबासी जनजाति पत्रकारको छाता संगठनकोरुपमा रहेको फोनिजमा करिब तीन हजार पत्रकार आवद्ध छन् । देश संघीय संरचनामा गएसँगै फोनिजले पनि प्रदेश संरचनामा पहिलो पटक गएको हो ।

तपाईको प्रतिक्रिया