थारु भाषा तथा साहित्यको विकासका लागि सुनसरीमा राष्ट्रिय सम्मेलन हुने


सुनिल चौधरी
झुम्का, मंसिर २१ गते । थारु भाषा प्रवद्र्धनका लागि प्रदेश १ का थारु साहित्यकारबीच शनिवार छलफल भएको छ । सुनसरीको दुहबीमा आयोजित भेलाले थारु साहित्य राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

पूर्वदेखि पश्चिमसम्मका थारु साहित्यमा एकाकार ल्याउन भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सम्म्ेलनले थारु भाषा साहित्यकार, लेख, रचनाकार निर्माणमा बिकास हुने बिश्वास लिइएको छ । थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यतामा भएको छलफलले आगामी चैत अन्तिम हप्तासम्ममा सम्मेलन गर्ने सहमति गरेको छ ।

पूर्वमा थारु साहित्यकारको अवस्था, बिकास र सम्भावनाको अध्यन हुने सर्वहारीले बताउनुभयो । साहित्यकार बिकास हुनसके थारु भाषाको संरक्षण हुने आशा गरिएको छ । बिभिन्न पत्रपत्रिकामा लेख रचाना प्रकाशन हुने र त्यसबाट पहिचान समेत बढ्ने अध्यक्ष सर्वहारीले बताउनुभयो ।

सम्मेलनकालागि हौलि परिवारले नेतृत्व लिने बताएको छ । हौली परिवारका अध्यक्ष श्रवणकुमार चौधरीको सभापतित्वमा कार्यक्रम गर्ने बताइएको छ । हौलि परिवारबाट सम्मेलनका लागि अनुमानित बजेट १३ लाख रुपियाँ खर्चहुने प्रस्ताव पेश भएको छ । दुई दिन हुने सम्मेलनमा आतिथ्यता ग्रहण गर्ने साहित्यकारको आवाससहितको खर्च लागत प्रस्तुत गरिएको थियो ।

छलफलमा सहभागीहरुबाट सम्मेलनका लागि आवश्यक तयारीको बारेमा बिचार तथा सुझाव लिइएको छ । सम्मेलनका लागि थारु कल्याणकारिणी सभा जिल्ला सुनसरीका अध्यक्ष शुरेन्द्र चौधरी, केन्द्रिय पुर्व सल्लाहकार मिलिराम चौधरी, आदिवासी जनजाति पत्रकार महाँसंघ सुनसरीका अध्यक्ष धिरेन्द्र चौधरी, थारु पत्रकार संघ मोरङका उपाध्यक्ष मिना बिश्वास, हौली परिवारका संस्थापक अध्यक्ष सहित समितिका संस्थापक सदस्य रामसागर, थारु पत्रकार संघ सुनसरी, बिबेकशील थारु युवा समुह, थारु कला केन्द्रबाट आएका प्रतिनिधिहरुले सम्मेलन तयारीका विषयमा सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया