अर्को बैठकमा कांग्रेस र मधेसी मोर्चाबीच सहमति हुने


Kangresh+morcha

काठमाडौं, पुस ७ गते। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेकाले अर्को बैठकबाट सहमतिमा पुग्ने विश्वास नेताहरुले बताएका छन् ।

काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा मंगलबार भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको र सफलता नजिक पुगेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँले सबै राजनीतिक दलको सहमति लिएर सदनमा जानुपर्ने भएकाले अन्य दलसँग पनि छलफल गरेर फेरि मोर्चासँग बैठक बसेर सहमतिमा पुग्ने बताउनुभयो । सबै दलसँग सहमति गरेर अगाडि बढ्नुपर्छ, त्यसका लागि प्रयास जारी छ ” उहाँले भन्नुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले काँग्रेससँग विभिन्न विषयमा छलफल जारी रहेको र सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,“संविधानका विभिन्न धारामा रहेको असहमतिका विषयमा प्रमुख प्रतिपक्ष दलसँग थप छलफलको आवश्यकता छ र टुङ्गोमा पुग्न बाँकी छ ।”

उहाँले कुनै पनि बुँदामा अन्तिम टुङ्गोसम्म पुग्ने अवस्था नभए पनि गृहकार्य गरेर अर्को बैठकमा निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया