गुरुङको निधनप्रति एमालेको दुःख व्यक्त


UML logo1

काठमाडौं, पुस ९ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री किरण गुरुङका पिता तुलाराम गुरुङको रक्तचापको विमारीका कारण ८६ वर्षको उमेरमा बुधबार भएको निधनप्रति एमालेले दुःख व्यक्त गरेको छ ।
पार्टी सचिव प्रदिप ज्ञवालीले विहिबार विज्ञप्ती जारी गर्नुहुँदै गुरुङ्को निधनप्रति पार्टी अत्यन्त दुःखित र मर्माहत भएको बताउनुभएको छ । गुरुङ्को निजी निवास पोखरामा बुधबार असामयिक निधन भएको थियो ।
वि.सं. १९८६ माघमा जन्मिनुभएका दिवंगत गुरुङले मुलुकको लोकतान्त्रिक आन्दोलनलाई सदैव समर्थन गर्दै आउनुभएको थियो । समाजसेवामा पनि उहाँको सक्रिय भूमिका रहेको पार्टीले स्मरण गरेको छ ।
सचिव ज्ञवालीद्वारा जारी विज्ञप्तीमा भनिएको छ “यस दुःखद् घडीमा पार्टीका तर्फबाट दिवंगत गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

तपाईको प्रतिक्रिया