थारु महिला सभाको भेला लहानमा हुने


Mahila vela
काठमाडौं, पुस ९ गते । थारु कल्याणकारिणीसभा अन्तर्गतको थारु महिला सभा केन्द्रीय समितिको राष्ट्रिय भेला पुस ११ र १२ गते सिराहाको लहानमा हुन गइरहेको छ ।

भेलामा सभा अन्तर्गतका भातृ संगठनका प्रतिनिधि, हरेक जिल्लाबाट पाँच जनाका दरले प्रतिनिधि, केन्द्रीय विभागका प्रतिनिधिहरुको सक्रिय सहभागीता रहने महिला सभाकी केन्द्रीय अध्यक्ष हरिदेवी चौधरीले बताउनुभयो ।

भेलामा कालो कपडाको प्लेकार्ड र व्यानरसहित विरोध प्रदर्शन गर्ने पनि सभाले निर्णय गरेको छ । नयाँ संविधानमा थारुको अधिकार संशोधन गरी सम्बोधन गर्नुपर्ने, सिमाङ्कनमा थारु कल्याणकारिणीसभाले उठाएको मागको सुनुवाई हुनुपर्ने लगायतको माग सभाले अगाडि सारेको बताएको छ ।

भेलामा करिब डेढसयदेखि दुईसय जना थारुको सक्रिय सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । ११ गते उद्घाटनसत्र र १२ गते बन्दसत्र गरेर प्रतिनिधिहरुलाई प्रशिक्षण दिइने कार्यक्रम रहेको सभाकी केन्द्रीय अध्यक्ष चौधरीले बताउनुभयो । भेलाको करिब तयारी पूरा भएको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया