भगतराम थारु
नेपालगन्ज माघ २६ गते । थारु कथानक चलचित्र थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुहुर्त गरिएको छ । एक कार्यक्रमकावीच सो चलचित्रको कोहलपुरस्थित रामजानकी मन्दिरमा पुजाआजा गरी शुभमुहुर्त गरिएको हो ।
रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको शुभमुहुर्त रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै निर्देशक खनालले २०७२ सालमा स्थापना भएको प्रालिले बृन्दाबनबाट चलचित्र क्षेत्रमा हात हालेको जानकारी गराउनुभयो ।
यसलगत्तै करिव ५ वटा फिल्म निर्माण गरिसकेको उहाँले जानकारी गराउनुभयो । थारुगिरी फिल्मको निर्देशक केशव चालिसेले ख्याति प्राप्त कलाकारको भुमिका रहेको हुनाले थारुगिरीले हङ्गामा मच्चाउने दावी गर्नुभयो । कलाकारलाई निर्देशक चालिसेले छायाङकनको समयमा उपस्थित भैदिन हुन निर्देशन गर्नुभएको छ ।
थारुगिरीजस्तै थारु समुदायको कथाबस्तुमा आधारीत कलाकारहरु छनौट गरिएको उहाँले जानकारी गराउनुभयो । थारु समुदायमाथि भएको विभेदबिरुद्ध पहिलो पटक थारु फिल्म थारुगिरी निर्देशन गर्न लागेको उहाँले जानकारी गराउनुभयो ।
म्युजिक भिडियोमा डाइरेक्सन गरिरहेका चालिसेको फिल्ममा यो पहिलो पाइला हो । थारुगिरी फिल्ममा सन्दिप विसी र सुनिता दहितको मुख्य भुमिका रहने बताइएको छ । थारुगिरीका लेखक तथा गायक विश्वसागर परियार रहेका छन् ।
रुद्राक्ष फिल्म प्रा.लि.को व्यानरमा बन्न लागेको थारुगिरी आरकेसी डिजिटल स्टुडियो पिपरी, कोहलपुरको निर्माण रहेको छ । थारुगिरीमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सुटिङ युनिटले जनाएको छ । गाउँमा बस्ने थारूमाथि कसरी विभेदपूर्ण व्यवहार गरिन्छ भन्ने फिल्ममा देखाइएको छ ।
विभेद भएपछि सहन नसकेर सर्वसाधारणको नेतृत्व गर्दै स्वयंले गरेको विद्रोहसमेत फिल्ममा रहेको उहाँले बताउनुभयो । चलचित्रको सहायक नायिकामा सुमित्रा चौधरी, खलनायकमा सुरज कार्की, समिर भाट, सुरेश गन्दर्भ, सुरेश कार्की, सत्यनारायण फेटारा, विरेन्द्र विरविक्रम राणा, शशि ठकुरी, रामु चौधरी, सुजन थापा, राजकुमार थारु, रमेश थारु लगायतको भुमिका रहेको निर्देशक चालिसेले जानकारी गराउनुभयो । थारुगिरी चलचित्र आउदो बैशाखमा रिलिज हुने उहाँले जानकारी गराउनुभयो ।