थारु कलाकार मञ्च बाँकेको नयाँ म्युजिक भिडियो घोङ्घी सार्वजनिक


भगतराम थारु
नेपालगन्ज, फागुन ४ गते । राष्ट्रिय थारु कलाकार मञ्च बाँकेको पहिलो प्रस्तुती घोङ्घी बोलको थारु म्युजिक भिडियो आइतवार सार्वजनिक भएको छ । वाईएस मिडिया प्रा.लि बाँकेको युट्युवबाट घोङ्घी बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो ।

चर्चिच गायक खेम भौगरियाको घोङ्घी खाख नम्मा होगिल चोगी बोलको थारु म्युजिक भिडियो बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा र गाभरको च्यामामा घोङ्घी बोलको म्युजिक भिडियो छायाङ्कन गरिएको थियो ।

चर्चित मोडल विवश चौधरी, जगत गुरु, चर्चित मोडल सुनिता दहित र रुपा चौधरीको घोङ्घीको गीतमा प्रस्तुती रहेको राष्ट्रिय थारु कलाकार मञ्च बाँकेका अध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो । थारु सांस्कृति झल्कने उक्त गीतमा घोङ्घीलाई विशेष प्रथामिकता दिइएको छ ।

घोङ्घी खाख नम्मा होगिल चोगी बोलको गीतमा गायक खेम भौगरियाको शब्द सङ्गीत, ड्रिमस् रेकर्डिङ्ग स्टुडियो काठमाडौंले गरेको रेकर्डिङ् राम आरोहकले गर्नुभएको छ । डाइरेक्सन सन्देशकुमार चौधरीले गर्नुभएको छ । गीतको छायाङ्कन यमबहादुर चौधरी (यमु) ले गर्नुभएको छ भने ड्रोन क्यामरामा अनिस जिएम र मेकअपमा सन्जिता चौधरीले साथ दिनुभएको छ ।

घोङ्घीको पोस्ट प्रोडक्सन वाइ.एस. मिडियाले गरेको छ । राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो प्रस्तुती समेत रहेको घोङ्घी बोलको थारु म्युजिक भिडियोले दर्शकको मन जित्ने विश्वास उत्पादनकर्ताहरुको छ ।

तपाईको प्रतिक्रिया