हमार पहुरा डटकम
काठमाडौं, चैत ५ गते । कोरोना भाइरस (कोभिड १९) विश्वभर माहामारीको रुप लिइरहेका बेला नेपाल सरकारले पनि सचेत्ताका लागि भन्दै पन्ध्रवटा निर्णय गरेको छ । कोरोनाका विषयमा भ्रम फैलाउने सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोग कर्तालाई समेत कानुनअनुसार कारवाही गर्ने सरकारको निर्णय छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । निर्णयमा चैत मसान्तसम्म विद्यालय, विश्वविद्यालयको पठनपाठन समेत बन्द गर्न निर्देश गरेको छ ।
त्यस्तै, अत्यावश्यक काम बाहेक आवत जावत हिड्दुल नगर्ने, सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय समेत गरेको छ ।
हेर्नुहोस् निर्णयको पूर्णपाठ