
हमार पहुरा डट कम
काठमाडौं, वैशाख १ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी ६५ वर्षीया एक महिलालाई संक्रमणको सोमबार पुष्टि भएको हो । त्यस्तै रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरूषमा पनि संक्रमण फेला परेको छ ।
¥यापिड टेष्टमा भाइरस फेला नपरेपछि घर पठाइएकी ती महिलामा (कोभिड–१९) पछि काठमाडौंमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हो ।
उहाँ वीरगञ्ज नाकामा चिया बेच्नुहुन्थ्यो । लकडाउनका कारण समस्यामा परेकाहरू उहाँसहित १७ जनालाई स्थानीय प्रशासनले उद्धार गरेर चैत १७ मा कैलालीको लम्की पठाएको थियो ।
उहाँहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि उहाँहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।




