नेपालमा कोरोना संक्रमित संख्या ४५ पुग्यो, सातजना निको भएर घर फर्किए


हमार पहुरा डट कम
काठमाडौं, वैशाख १० गते । नेपालमा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन । यस्तै आज थप दुईनजना गरी ७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् ।

मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना (११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का एक नेपालीमा संक्रमण देखियो ।

तपाईको प्रतिक्रिया