हमार पहुरा डट कम
काठमाडौं, वैशाख ११ गते । कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा विहिबार कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४७ पुगेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
त्यस्तै जनकपुरका १४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । मन्त्रालयकाअनुसार नौजना संक्रमित उपचारपछि घर फर्केका छन् ।