नेपालमा कोरोना संक्रमित संख्या ५९ पुग्यो, १६ जना निको भएर घर फर्के


हमार पहुरा डट कम
काठमाडौं, वैशाख १९ गते । नेपालमा दुई जना थप कोरोना भाइरस संक्रमित थपिएका छन्। यो संगै अव संक्रमित संख्या ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रदेश पाँचमा पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा कोरोनाका संक्रमित भेटिएका छैनन्। अहिलेसम्म १६ जना निको भएर घर फर्केका छन्।

तपाईको प्रतिक्रिया