वजेटमा सिक्टा सिंचाई र ववई डाइभर्सन प्राथमिकतामा राखियोस्ः सांसद सुवेदी


हमार पहुरा डट कम
काठमाडौं, वैशाख २९ गते । सांसद पूर्णाकुमारी सुवेदीले कोरोनाका कारण अर्थतन्त्रमा पारेको असरलाई उकास्न कृषिलाई महत्व दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले ल्याउनुभएको प्रि वजेटकालागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सन्दर्भमा आफ्ना भनाई राख्दै सांसद सुवेदीले सो ध्यानाकर्षण गराउनुभएको हो ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको अध्यक्ष समेत रहेनुभएकी सांसद सुवेदीले नेपालगन्ज कोरोनाको केन्द्रविन्दुका रुपमा देखिएका कारण सरकारको विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै नेपालगन्जका अस्पतालमा आइसोलेसन वेड बढाउन माग गर्नुभयो । सांसद सुवेदीले कोहलपुर मेडिकल कलेजलाई पनि कोभिड १९ को लेभल ३ को रुपमा लैजानुपर्ने माग राख्नुभयो ।

कृषिलाई प्राथमिकता दिँदै उत्पादन मुलक रोजगारी दिनेतर्फ ध्यान दिन उहाँले सुझाव दिनुभयो । कृषीलाई नीतिगत रुपमा प्रविधियुक्त बनाई नेपाली जनतालाई खानपुग्ने अवस्थामा ल्याउने नीति अनुसारको वजेट ल्याउन सुझाव दिनुभयो ।

विगतको कृषिमा १७ अर्व अनुदान गयो, तर कहाँ कसरी गयोे त्यसको अनुगमन हुनुपर्यो सांसद सुवेदीले भन्नुभयो, “विदेशी परियोजना ४८ प्रतिशत ढुकुटीमा नआई खर्च भएको छ त्यो एकद्वर नीतिअनुरुप हुनुपर्छ ।” नेपाली कृषकको उत्पादन खेतमै सडिरहेको र आयातीत उत्पादनले नेपाली कोल्ड स्टोर भरिएको बारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

१७५ मुलुकवाट २०० बढी उपज आयात हुने गरेको तथ्य स्मरण गर्दै सांसद सुवेदीले भन्नुभयो, हाम्रा तरकारी खेतमै सडेको छ । आयातीत कृषि उपजमा ट्याक्स लगाउने ब्यवस्था गर्नुपर्छ । हाम्रा कोल्डस्टोरमा हाम्रै उत्पादन भण्डारण गर्ने ब्यवस्था हुनुपर्छ ।

तपाईको प्रतिक्रिया