हमार पहुरा डट कम
काठमाडौं, वैशाख ३१ गते । थप २४ जनामा बुधबार कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमित संख्या २४३ पुगेको छ । ३५ जना निको भएर घर फर्केका छन् ।
जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्।
उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। आजै मध्यान्न दुई जनामा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्।
कोरोना संक्रमित संख्या बढ्दै गएपछि जेठ १ गतेदेखि लकडाउनलाई अझ कडाई गर्ने सरकारले निर्णय गरेको छ । यसअघि नै एक जिल्लाबाट अर्को जिल्लामा जानसमेत पास रद्द गर्ने सरकारले भनेको छ । संक्रमित संख्या बढ्दैगएपछि नागरिक आफै सचेत हुनुपर्ने देखिएको छ ।