कालापानी क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गर्ने


हमार पहुरा डट कम
काठमाडौं, जेठ २ गते । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार पेश गरेको आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ ।

सरकारी अधिकारीहरुकाअनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया