राना थारु छुट्टै सूचीकृत अव प्रतिष्ठानमा सूचीकृत जातीय संख्या ६० पुग्यो


हमार पहुरा डट कम
काठमाडौं, जेठ ७ गते । पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा बसोबास रहेका राना थारु समुदाय अलग्गै सूचीकृत भएका छन् । आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन २०५८ को परिच्छेद ५ (२५) बमोजिम सो समुदाय सूचीकृत भएको हो । यसअघि थारु अन्तर्गत राखिएको सो समुदायको अव छुट्टै पहिचान कायम भएको छ ।

राना थारु सूचीकरणका लागि प्रतिनिधिसभाका सांसद नारदमुनी रानाले अग्रणी भूमिका निर्वाह गर्नुभउको थियो । त्यस्तै नेपाल रानाथारु समाजले पनि सुरुदेखि सूचीकरणको मुद्दा उठाउँदै आएको थियो । रानाथारु समुदाय आदिबासीमा सूचीकृत भएपछि अब प्रतिष्ठानमा सूचीकृत जातिको संख्या ६० पुगेको छ । यसअघि ५९ समुदाय आदिबासीमा सूचीकृत थिए ।

राना थारु समुदाय सुचीकृत भएको सूचना सरकारले राजपत्रमा पनि प्रकाशित गरेको छ । जेठ ५ गते सरकारले राजपत्रमा सूचीकृतको सूचना प्रकाशित गरेपछि राना थारु समुदाय आधिकारिकरुपमा आदिबासीको अलग पहिचान पाएको छ । राना समुदायको अलग जनगणना हुनेछ । त्यसो हुँदा थारु समुदायको जनसंख्या २०७८ मा केही कम हुनेछ । यद्यपि राना समुदायले आफ्नो पछाडि रानाथारु लेख्न नछाडे पनि नागरिकतामा राना नै लेख्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया