
हमार पहुरा डट कम
काठमाडौं, जेठ १४ गते । गढवा गाउँपालिका– ७, घोरहा, दाङ्ग देउखुरीका सुरेश चौधरीलाई विद्यावारिधि उपाधि प्राप्त भएको छ ।
पर्वतीय प्रकोप तथा वाताबरणीय अनुसन्धान संस्थान, चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स), छेन्दु, चीनबाट भौतिक भूगोल बिषयमा उहाँलाई विद्याबारिधि प्राप्त भएको हो ।
उहाँले “नेपालको पर्वतीय क्षेत्रमा खेतीयाग्य जग्गाको बाँझोपना, त्यसले निम्त्याएका सामाजिक तथा वाताबरणीय जोखिम र त्यसको दिगो व्यबस्थापन” सम्वन्धि अध्ययन अनुसन्धान गर्नुभएको थियो । विगत केही बर्षदखि नेपालमा खेतीयोग्य जग्गाको बाँझोपना हुनेक्रम बढ्दै गएको उहाँको अध्ययन अनुसन्धानले देखाएको छ । उहाँको अनुसन्धानले नेपालको सामाजिक आर्थिक तथा बाताबरणीय व्यवस्थापन बिकासमा सहयोग पुग्ने आशा गर्नुभएको छ ।
चिनिया विज्ञान एकेडेमीको विश्वविद्यालय (युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स) र विज्ञानको विश्व एकेडेमीको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्नुभएका चौधरीका बैज्ञानिक तथा अनुसन्धानमूलक लेख रचनाहरु विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । उहाँ अध्ययन पहिले भूकम्प प्रविधि राष्ट्रिय समाज, ललितपुरमा कार्यरत हुनुहुन्थ्यो ।




