हमार पहुरा डट कम
काठमाडौं, जेठ १४ गते । भारतको राजस्थान सम्म आइपुगेको खतरनाक कृषिबालीका किरा सलह किराको समाचारले नेपाली कृषकहरु चिन्तित हुन थालेका छन् । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।
भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो ? त्यसको तयारी के के हुन्, त्यसका लागि विभिन्न विषादीहरुको बारेमा समेत समितिले अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ । सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ। यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्याउँछ।
सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटरभन्दा टाढासम्म पुग्नसक्छ। यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ। नेपालमा पनि सूदुरपश्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउनसक्ने अनुमान मन्त्रालयले गरेको छ।
सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटरभन्दा टाढासम्म पुग्नसक्छ।
यो किरा आयो भने ठूलो संख्यामा आउँछ, करोडौंको संख्यामा आउँछ। यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ। हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नु बाहेकको विकल्प हुँदैन मन्त्रालयले भनेको छ । विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ।
मन्त्रालयले सलह कीराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको छ । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ।
यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताउनुभो ।
यो कीराको प्रकोप खासगरी जेठ महिनादेखि असोजसम्म हुनेगर्छ। जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको संख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन्। सलह किराको आगमनको सूचनाले नेपाली कृषक हैरान भएका छन् ।