१४ खर्व ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक, सिकलसेलको अध्ययन हुने

(पूर्णपाठसहित)


हमार पहुरा डट कम
काठमाडौं, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट सार्वजनिक गरेको छ । गत वर्षभन्दा करिब ५८ अर्व कम १४ खर्व ७४ अर्ब ६४ करोडको बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले विहिबार संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नुभयो ।

थारु समुदायलाई मात्र लाग्ने भनिएको रोग सिकलसेल एनिमियाको अध्ययन केन्द्रकोरुपमा कैलालीको गेटा मेडिकल कलेजलाई विकास गर्ने बजेटले भनेको छ । यही आर्थिक वर्षभित्र मेडिकल कलेजको भौतिक पुनरसंरचना निर्माण सम्पन्न गर्ने अर्थमन्त्री डा. खतिवडाले बताउनुभयो । त्यसकालागि १ अर्व १७ करोड रुपियाँ विनियोजन गरिएको छ ।

चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ  ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ ।

३४२ बुँदे बजेट कोरोना विरुद्धको लडाईमा केन्द्रित गरिएको छ । स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्व रुपियाँ बढी विनियोजन गरिएको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

तपाईको प्रतिक्रिया